मोटरसाइकलको ठक्करबाट मृत्यु

बाजुरा, २५ पुस । बूढीगंगा नगरपालिका–३ ताप्रीसेरामा सोमबार बेलुका मोटरसाइकलले ठक्कर दिँदा सोही वडाका लालबहादुर नेपालीकी तीन वर्षीया छोरी आरजुको मृत्यु भएको छ से ५ प ७३७४ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी नेपालीको अछामको बयलपाटामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

मोटरसाइकल चालक मार्तडीस्थित मालिका माविका शिक्षक प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?