काठमाडौँ – सद्भावको चाड । एकताको चाड । हरेक नेपालीलाई एक ठाउँमा ल्याउने चाड । अर्थात, दशैँ । नेपालीहरुको ठूलो चाड हो दशैँ । यतिबेला घरघरमा दशैं आएको छ । एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । हरेक नेपालीको घरमा खुसी छाएको छ ।
शरद ऋतुको यो मनमोहक मौसममा बेग्लै रौनक छाएको छ ।
नीलो आकाशमा कोही चंगा उडाइरहेका छन्, कोही पिङमा मच्चिइरहेका छन्, शहरमा अस्थायी बसोबास गर्नेहरु घर–गाउँ फर्किएका छन् । सर्वत्र उल्लास छाएको छ । त्यसैले त, दशैँ आएको छ । त्यसैले त यसको महत्व अत्याधिक छ । नीलो आकाशमा रंगिचङगी चंगा, पिङमा मच्चिइरहेका केटाकेटी, गाउँ फर्केका जागीरे, लामो विछोडपछि भेटिएका परदेशी मायालु, गफिदै गरेका अधबैँसे ।
हो, साँच्चै दशैँ खास छ ।
नेपालीहरुको महान चाड दशैंमा मासुसेवन धेरै लोकप्रिय छ । वर्षभरी मासु खान नसकेकाहरूले पनि ऋण गरेरै भएपनि सिंगै खसी काठ्ने प्रचलन अझैपनि कतिपय स्थानमा यथावत रहेको छ ।
शाकाहारीका लागि दशैं खानपिनको भन्दा पनि भेटघाटको पर्व हो, टिकाटालो, भेटघाट र आर्शिबाद ग्रहण गर्ने नै मुख्य काम हुन्छ ।
स्नेहा जो पार्टी गर्ने, माछामासुविना खानै नबस्ने, जनावरलाई त्यति वास्ता नगर्ने, जिद्दी अनि ‘गो विद दि फ्लो’भन्ने हठी स्नेहाबाट पशुप्रेमी, भेगन, सानोसानो कुरामा रमाउने, प्रकृतिप्रेमी बनाइदियो । यहाँसम्मकी केही उद्देश्य नै नभएको स्नेहाको जीवनमा एउटा ‘पर्पोज’ल्याइदियो । त्यही पर्पोजलाई पूरा गर्ने क्रममा अहिले स्नेहा एनिमल एक्टिभिस्ट भएकी छिन् । ‘स्नेहाज् केयर’नामक संस्था स्थापना गरेर सबैले बेवास्ता गरेका, अलपत्र सडकमा छोडिएका, घाइते, बेवारिसे कुकुरहरुलाई ‘माया र केयर’दिन्छिन् ।
उनी मासुजन्य पदार्थ नखाने मात्र होइन, पशुबाट बन्ने कुनै पनि उत्पादन प्रयोग गर्दैनन् । यतिसम्म कि उनी दुध दहि ३य पनिर छालाको जुत्ता र लेदर कपडाहरु समेत लगाउँदिनन् । उनी भन्छिन निदोष जनावरलाई वलि दिनु ठिक हैन । दशैँमा मात्र होइन पशु वलीको सधैका लागि अन्त्य गर्नुपर्छ ।
दशैँको बेला देविका मठ मन्दिर र पशु वधशाला उस्तै लाग्छ । दशैँमा धर्मको नाममा हुने पशुवली मान्छेको बाहाना मात्र हो कुन ग्रन्थमा लेखेको छ पशुवलिको बारेमा । दशैंमा वली त रीस रागको दिनुपर्छ ।
त्यसो भए भेजिटिरियनले दशैँमा के खाने त ?
पनिर
च्याउ
हरियो तरकारी
फलफूल
दूध, दही
मिठाई
पहेँला फलफूल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया