फौजीको दशैँ गीत : परिवारको आँखा रसाउँछ !

काठमाण्डौं । सशस्त्र प्रहरी बल (एपिएफ)ले निर्माण गरेको एपिएफ दशैँ गीतले राष्ट्रसेवक कर्मचारीलाई देशको सेवामा खटिन प्रेरित गर्दछ । गीतमा दीपक कोईरालाको शब्द, गैरे सुरेशको संगीत तथा जगदीश समालको स्वर रहेको छ । एपिएफले निर्माण गरेको यो गी राष्ट्र सेवक कर्मचारीहरुप्रति पूर्णरुपमा समर्पित छ । यो गीत हरेक दशैँमाअत्याधिक गुञ्जने गीतको सुचीमा पर्दछ ।

ए.पि.एफ. दशैं (धानकै बाला झुलाउँला)
सशस्त्र प्रहरी बल (एपिएफ)ले निर्माण गरेको यो गीत पनि हरेक वर्षको दशैंमा अत्याधिक गुञ्जीने गीतहरुको सूचीमा पर्दछ । बहु चर्चित गीत धानकौ बाला झुलाउँला गीतलाई भने जयनन्द लामाले गाउँनु भएको हो । गीतमा लामाकै शब्द तथा संगीत रहेको छ । गायकीमा लामालाई बलराम कार्की, सरिता लामा र बाबा बस्नेतले साथ दिएका छन् । एपिएफले यहि गीतको भाकालाई दशैँ बिशेष शब्दहरुको मिश्रण गरेर केहि परिमार्जन सहित प्रस्तुत गरेको हो । यो गी पनि हरेक दशैँमा राष्ट्रसेवक कर्मचारीले मात्रै होईन तीनका परिवारहरुले पनि यो गीतलाई सम्झने गर्दछन् ।

 

यस्तै सशस्त्र प्रहरी बलले २०७६ सालका लागि पनि नयाँ गीत निर्माण गरेको छ । फौजी घर रमाईलो बोलको गीतमा सिं पी. गौतमको शब्द, देव कोइमीको संगीत रहेको छ । सशस्त्र प्रहरी बल (एपिएफ)ले निर्माण गरेको यो गीतको परिकल्पना रामशरण पौडेलको रहेको छ ।https://www.youtube.com/watch?v=sDq0voqjbKo

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?