१६ असार २०७९, बिहीवार

मोटरसाइकल दुर्घटनामा मृत्यु

२०७४,पुष,२५,मंगलवार ०६:०६

0
Shares

गौशाला, २५ पुस – महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरीमा मोटरसाइकल दुर्घटनामा आज बिहान एक महिलाको मृत्यु भएको छ मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ हलखोरी बस्ने पुण्यदेव रायकी पत्नी ३८ वर्षीया प्रकनियादेवी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले बताए प्रकनियादेवी ज८प ४८६० नंको मोटरसाइकलमा चढी आफ्ना ज्वाइँसँग भारत विहारको सुरसण्डबाट आज बिहान आफ्नो घर आउँदै गर्दा एकडारा–४ स्थित सडकमा उनीहरु चढेका मोटरसाइकलले विपरीत दिशाबाट दुई बालक चढी आउँदै गरेको साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो दुर्घटनामा परी उनको अवस्था गम्भीर भएपछि परिवारजनले उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा बाटामै मृत्यु भएको थियो । मृतकका ज्वाइँ घटनापछि फरार छन् सोही दुर्घटनामा परी साइकलमा चढेका स्थानीयवासी १२ वर्षीय अभिराम पाण्डे र १० वर्षीय अमित पाण्डे घाइते भएकामा उनीहरुको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०७४,पुष,२५,मंगलवार ०६:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुटवल । असार १५ सकिँदासम्म लुम्बिनीमा जम्मा ३२.७१ प्रतिशत क्षेत्रमा मात्र धान रोपाईँ भएको छ । यो गत वर्षको भन्दा

पोखरा । जग्गा अधिग्रहण भएको झन्डै ४७ वर्षसम्म अलपत्र परेको पोखरा बसपार्क निर्माण प्रक्रिया अघि बढेको छ । तत्कालै नाला

सुर्खेत । कर्णाली प्रदेशमा करिब २५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । कर्णालीमा धान उत्पादन हुने ४९ हजार ४२५ हेक्टर

झापा । झापाको कमल गाँउपालिका–४ चुलाचुलीमा गएराती ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

ताजा समाचार

एनआरटी र कारो एफसी भिड्दै
 २०७९,असार,१६,बिहीवार १२:२९
ओली भेट्न बालकोट पुगे वामदेव
 २०७९,असार,१६,बिहीवार १२:२७
यस्तो छ विदेशी मुद्राको विनिमयदर
 २०७९,असार,१६,बिहीवार १२:२१
लुम्बिनीमा ३३ प्रतिशत मात्र धान रोपाईं
 २०७९,असार,१६,बिहीवार १२:१४