आज टीकाको दोस्रो दिन : मान्यजनबाट टीका तथा आर्शिवाद ग्रहण गरिदैँ

काठमाडौं । दशैँको टीकाको आज दोस्रो दिन । हिजो अर्थात विजया दशमीको दिनमा टिका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शिवाद ग्रहण गरिरहेका छन ।

साथै दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमानै सकेसम्म सबै आफन्तहरूकहाँ पुग्ने गर्दछन् । आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान मानिसहरुलाई चटारो नै हुने गर्दछ ।

२०७६ सालको बिजयादशमीको दिन हिजो मंगलवार मान्यजनहरूबाट टीका थापेर र आफन्तसँग हार्दिकता साटासाट गरेर यो पर्व मनाइएको छ । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद आफूभन्दा ठुलाहरूको हातबाट थापेर आशिर्वाद लिने गरिन्छ ।

आफुभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा मानिसलाइ सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास गरिदै आएको छ । ठूलाले सानालाई टीका लगाइ आशिर्वाद दिने दसैंलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?