दशैँलाइ लक्षित गर्दै एनसेलले ल्यायो यस्तो अफर

काठमाडौं । दशैंको समयमा अन्य कम्पनीले जस्तै एनसेल प्रालिले आफ्ना ग्राहकका लागि दशैं अफर ल्याएको छ । सेवा शुरु भएपछि ग्राहकले प्रत्येक १०० रुपैयाँ भन्दा माथिको रिचार्जमा डेटा बोनस पाउन सक्नेछन् । जसअन्तर्गत रु १०० देखि १००० रुपैयाँसम्मको प्रत्येक रिचार्जमा ग्राहकले रिचार्ज गरको रकमको आधारमा १०० एमबीदेखि १ जीबीसम्म डेटा बोनस पाउनेछन् ।

यस याेजनाअन्तर्गत  १०० रुपैयाँ ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप एक दिन समयावधि रहेको १०० एमबी डेटा पाउने छन् । साथै २०० रुपैयाँको रिचार्ज गर्नेहरुले दुई दिन समयसिमा रहेको २०० एमबी र ३०० रुपैयाँको रिचार्जमा ग्राहकहरुले तीन दिनको समयावधि भएको ३०० एमबी डेटा पाउने छन् ।

हरेक प्रयोगकर्ताले ५०० रुपैयाँको रिचार्जमा पाँच दिनभित्र प्रयोग गर्न मिल्ने ५०० एमबी डेटा प्राप्त गर्नेछन् भने १००० रुपैयाँको रिचार्जमा १० दिन समयसिमा रहेको १ जिबी डेटा पाउने छन् ।

साथै यो योजना शुक्रबार असोज १७ गतेबाट १५ दिनका लागि सञ्चालनमा रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?