दशैँ बिदामा एनआईसी एशिया बैँकका कुन-कुन शाखा सन्चालन हुन्छन् ?

काठमाडौं । दशैँको समयमा सरकारी कार्यालय जस्तै बैँक तथा वित्तिय संस्थाहरुपनि बिदा हुने गर्दछन् । बैँक तथा वित्तिय संस्था बन्द हुँदा ग्राहकको लागी अफ्ठयारो पर्ने गरेको छ । त्यसै कुरालाइ मध्यनजर राख्दै दशैँको समयमा एनआइसी एशिया बैँकले बिभिन्न शाखा सन्चालन गरी ग्राहकहरुलाइ सेवा दिने भएको छ ।

यसैक्रममा  एनआईसी एशिया बैङ्कको सामाखुशी, कमलादी, सातदोबाटो, महाराजगन्ज, न्युरोड खिचापोखरी, थापाथली, भक्तपुर र थानकोट शाखा असोज १८ गते खुला रहनेछन् ।
यस्तै सामाखुशी, कमलादी, पुल्चोक, खिचापोखरी, महाराजगन्ज र थापाथली शाखा १९ गते खुला रहनेछन् ।

बालाजु, कमलादी, न्युरोड र थापाथली शाखा २० गते खुला रहनेछन् । बालाजु, कमलादी न्युरोड, थापाथली र भक्तपुर शाखा २२ गते खुला रहनेछन् ।

राजधानीबाहिर धनगढी, बुटवल, न्युरोड पोखरा, लेकसाइड पोखरा, हेटौडा शाखा १८ गते खुला रहनेछन् बुटवल, नेपालगंज, न्युरोड पोखरा,कावासोती, विरगंज, भने लहान, जनकपुर, सिरहा, मलंगवा, चन्द्रनिगहापुर, विराटनगर, इटहरी, दमक र नारायणगढ शाखा १९ गते खुला रहनेछन् ।

यता धनगढी हस्पिटल लाइन, बुटवल, न्यूरोड पोखरा, दुलेगौडा, लिंकरोड मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, विराटनगर, धरान, चारपाने, हेटौडा शाखा २० गते खुल्नेछन् । न्यूरोड पोखरा, बाग्लुङ, बुटवल, नारायणगढ २२ गते खुला रहनेछन् । न्यूरोड खिचापोखरी, भक्तपुर, महाराजगन्ज अपरान्ह १ बजेदेखि ४ बजेसम्म खुला रहनेछन् भने अन्य शाखाहरु ११ देखि २ बजेसम्म खुला रहनेपनि बैँकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?