पार्टी एकताबारे छलफल गर्न एमाले–माओवादी संयोजन समिति बैठक

काठमाडौं,२५ पुस । पार्टी एकताका विषयमा छलफल गर्नका लागि नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा दिउँसो तीन बजेपछि बस्ने बैठकमा राजनीतिक–बैचारिक र पद बाँडफाँटको विषय मिलाउने विषयमा छलफल हुने र कार्यदल बन्ने सम्भावना रहेको बताइएको छ एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् भने माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य छन् पार्टी एकता संयोजन समितिको बैठकअघि ओली र प्रचण्डबीच पटक–पटक भेटवार्ता भएको थियो एमाले–माओवादीले तालमेल गरेर प्रदेश र प्रतिनिधिसभा चुनाव लड्ने र चुनावलगत्तै पार्टी एकता गर्ने निर्णय भएको तीन महिनापछि पहिलोपटक एमाले–माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?