१७ आश्विन २०७६, शुक्रबार ११:०४

नुवाकाेटमा नयाँ नोटको अभाव, यसाे भन्छन् बैंकका कमर्चारी


प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार ११:०४

काठमाडौं । मागअनुसार प्राप्त नहँुदा नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ । नुवाकोटका लागि नेपाल बैंकले वितरण गर्ने गरी प्राप्त भएको रु दुई करोड नयाँ नोटले माग धान्न नसकेको हो ।

बैंकको शाखा कार्यालय विदुरबाट सोमबारदेखि बुधबारसम्म नयाँ नोट वितरण गर्ने जनाए पनि मागअनुसार नोट दिन नसकेको शाखा प्रमुख सुजन राजकर्णिकारले जानकारी दिनुभयो । उहाँको अनुसार नुवाकोटका लागि नेपाल राष्ट्र बैंकसँग रु तीन करोड माग गरे पनि त्यो अनुसार प्राप्त नहँुदा अभाव देखिएको हो ।

“नयाँ नोटले माग धान्न नसकेपछि सटही गरिएको पुराना नोटका समेत अभाव भएको छ ।” शाखा प्रमुख राजकर्णिकारले भन्नुभयो, “दशैँको समयमा नयाँ नोट नै प्रयोग गर्नुपर्छ भन्ने भावना हटाउन जागरुक हुनुपर्ने देखिएको छ ।”

नयाँ नोट सटहीको जिम्मेवारी पाएको नेपाल बैंकले सीमित रकम आएको भन्दै अन्य बैंक तथा वित्तीय संस्थालाई रकम उपलब्ध नगराउँदा सेवाग्राही थप समस्यामा परेका छन् । दशैँको समयमा बैंकमा हुने चापले अन्य बैंकमा खाता भएका सेवाग्राही पैसा झिकेर सटहीका लागि नेपाल बैंक पुगे पनि त्यहाँ रकम नपाउँदा निरास भएका छन् ।

प्रतिक्रिया दिनुहोस
तिहारलाइ लक्षित गर्दै शिवम् सिमेन्टले ल्यायो यस्तो योजना

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले हिन्दुहरूको महानपर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरूलाई दीपावलीको

नेप्से परिसूचक ओरालो यात्रामा

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवर मापक नेप्सेको ओरालो यात्रा आज पनि कायम

विद्युतीय बस खरीद प्रक्रियामा ढिलाइ किन ?

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातसँग बस खरीद प्रक्रियामा भइरहेको

दस अर्ब लगानी भित्र्याउने एनआरएनएको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले श्रमिक कल्याणकारी कोषका लागि एक करोड