कर्मचारीलाई टीकाकै भोलिपल्ट फर्कन सरकारको निर्देशन

काठमाडौं । दशैं मनाउन आ-आफ्ना घर जाने कर्मचारीलाई सरकारले टीकाकै भोलि पल्ट फर्कन निर्देशन दिएको छ । चिनियाँ राष्ट्रपतिको भ्रमण तयारीको लागि सरकारले कर्मचारीलाई छिटो फर्कन निर्देशन दिएको हो ।

प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयलाई परिपत्र गर्दै माहतहतका कर्मचारीलाई ‘स्ट्याण्डबाइ’ राख्न निर्देशित गरेको छ । दशैंका घर जाने कर्मचारीलाई टिकाको पर्सी पल्ट अर्थात् द्वादशीको दिन कार्यालय हाजिर हुन भनिएको छ । कर्मचारीलाई यसअघि दशैंमा द्वादशीसम्म बिदा हुने गथ्र्यो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज २५ मा नेपाल आइपुग्ने कार्यक्रम छ । त्यसको लागि सरकारले आवश्यक तयारीमा जुटेको छ । राष्ट्रपति सीको भ्रमणकै लागि अहिले काठमाडौंका सडक मर्मत तथा सरसफाई भइरहेको छ ।

चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण हुन लागेको हो । चिनियाँ राष्ट्रपति जियाङ जेमिनले सन् १९९६ मा नेपाल भ्रमण गर्नुभएको थियो । चिनियाँ राष्ट्रपतिको दुई दशकपछि हुन लागेको भ्रमणलाईे नेपालले महत्वपूर्ण उपलब्धीको रुपमा लिइएको छ । चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाली उत्साहित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?