ग्याब्रियलको गोलमा आर्सनलको जित

एजेन्सी । ग्याब्रियल मार्टिनेलीको दुई गोलको सहयोगमा आर्सनलले युरोपा लिग फुटबलमा सहज जित हात पारेको छ ।

शुक्रबार भएको खेलमा आर्सनलले बेल्जियनको क्लब स्ट्यान्डर लिजलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

शीर्ष स्थानको लण्डन क्लबले समुह एफमा दुई खेलबाट ६ अंक जोडेको छ । बेल्जियनको क्लबले ३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

लण्डन क्लबले खेलमा अग्रता १३ औ मिनेटमा मार्टिनेलीको गोलबाट लिएको थियो । १६ औ मिनेटमा उनैले ब्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका थिए ।

जो विलोले २२ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ३-० ले अघि बढाएका थिए । डानी काबालोसले ५७ औ मिनेटमा गोल गर्दै आर्सनललाई ४-० को प्रभावशाली जित दिलाए ।

जितसंगै आर्सनल अघिल्लो चरण प्रवेशको नजिक पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?