युरोपा लिग : अलकमार जानस्ट्रिकसँग युनाईटेडको बराबरी

एजेन्सी । युरोपा लिग फुटबलमा प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडले बराबरी खेल खेलेको छ ।

समुह एल अन्तर्गतको खेलमा युनाईटेडले डच क्लब अलकमार जानस्ट्रिकसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीको नतिजापछि युनाईटेडका प्रशिक्षक आले गुनर सोल्सायरले खराब प्रदानलाई दोष दिए । तर अन्तिम समयमा युनाईटेडका जेसे लिङगार्डको प्रहार पोस्ट नजिकैबाट बतासिएपछि युनाईटेड जित निकाल्न सफल भएको थियो ।

घरेलु टोली अलकमारले राम्रो प्रर्दशन गरेको थियो । तर फरवार्ड मायरोन बोआडुको गोललाई रेफ्रीले अफसाईड दिएपछि घरेलु टोली अग्रता लिनबाट चुकेको थियो ।

बैकल्पिक खेलाडी लिङगार्ड चोट बोक्दै मैदान छाडेपछि युनाईटेडले १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो ।

युनाईटेड पछिल्ला चार खेलमा जित निकाल्न असफल छ ।

बराबरीको नतिजासंगै युनाईटेड २ खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । अलकमार २ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?