सिटिजन्स बैंकले दशैं बिदामा पनि धेरै शाखा सञ्चालनमा ल्याउदैः कुन-कुन हुन त?

काठमाडौं । दशैं बिदाका दिनमा पनि सिटिजन्स बैंक इन्टरनेसनलले नगद काउन्टर सेवा उपलब्ध गराइ ग्राहकलाइ सेवा दिने भएको छ । बैंकले बिभिन्न् शाखाबाट नगद काउन्टर बनाइ सेवा प्रवाह गर्न लागेको हो । साथै बैंकले असोज १८, १९, २० र २२ गते काठमाडौँ उपत्यकाभित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटी र उपत्यका बाहिरका विराटनगर, वीरगन्ज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ ।

विजया दशमीको दिन (असोज २१ गते) पनि बैंकले काठमाडौं उपत्यकाभित्रका दरबारमार्ग र कुमारीपाटी शाखाबाट नगद काउन्टर सेवा प्रवाह गर्नेछ । बैंकले तोकेको शाखाबाट सेवाग्राहीहरुले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नगद काउन्टरको सेवा लिन सक्नेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनलले ८४ वटा शाखा, ८० वटा एटीएम र १०२ वटा शाखा रहित बैंकिङ एकाई बाट करिव चार लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?