दशैँ नजिकिएसँगै ह्वात्तै बढ्यो सुनको मुल्य, कति पुग्यो? हेर्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य वृद्दि भएको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला ६९ हजार ८ सय कायम भई कारोबार भएको थियो । तर विहिबार तोलामा ११ सयले वृद्दि भई प्रतितोला ७० हजार ९ सय रुपैयाँ कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि तोलामा ११ सयले वुद्दि भई ७० हजार ६ सयमा कारोवार भइरहेको पनि महासंघले जनाएको छ ।

 

त्यस्तै आज चाँदीको मुल्य पनि वृद्दि भएको छ । हिजो प्रतितोला चाँदीको मुल्य ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । तर आज तोलामा १५ रुपैयाँले वुद्दि भई प्रतितोला चाँदीको मुल्य ८ सय ५० कायम भइ कारोबार भइरहेको समेत महासंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?