१४ चैत्र २०७९, मंगलवार

सार्वजनिक बिदाको दिनमा पनि बजार अनुगमन

२०७६,आश्विन,१६,बिहीवार १०:५८

0
Shares

काठमाडौं । सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

उहाँले यात्रुलाई सहयोगका लागि सहायताकक्ष बनाएर सेवा दिँदै आएको समेत बताउनुभएको छ । केही गुनासो भएमा देशैभरि प्रहरीको १००, उपत्यकाको १०३, सशस्त्र प्रहरीको १११४ नम्बरमा फोन गरेर जानकारी गराउन गृह मन्त्रालयले विज्ञप्ति जारी गरी जनाएको छ ।

आपसी सद्भाव, मित्रता अभिवृद्धि गर्ने गरी सांस्कृतिक मान्यताअनुसार चाडपर्व मनाउन आग्रह गर्दै मन्त्रालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयन गरिएको सूचनामार्फत जनाएको छ । मन्त्रालयले यातायात व्यवसायी, थोक तथा खुद्रा विक्रेतालाई आम उपभोक्ताको सेवा पु-याउन अनुरोध गरेको छ ।

अनुचित फाइदा लिने मनसायले ठगी गर्ने, कानून मिच्ने, गुणस्तरहीन सामान बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कानूनअनुसार कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

दिपावली र छठका अवसरमा प्रयोग हुने पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थका कारण सर्वसाधारणको स्वास्थ्य तथा सुरक्षामा प्रतिकूल असर पुग्ने र चोटपटक तथा आगलागीसमेत हुने भएकाले यस्ता विष्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गर्दै बेचबिखन र प्रयोग गरेको पाइएमा कारवाही गर्ने मन्त्रालयद्वारा बुधबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २०७६,आश्विन,१६,बिहीवार १०:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मिटरब्याज पीडितलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च प्रवेश गर्न रोक लगाएसँगै पीडितहरु आक्रोशित बनेका छन् । विशेषगरी मधेशका विभिन्न जिल्लाबाट

काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटको बुँदा नं १४१ मा व्यवस्था गरेको मिर्गौला पीडितलाई डाइलासिसका लागि मासिकरूपमा रु

कोशी । कोशी प्रदेश सरकारले प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)को परिवारलाई राहतस्वरुप रू

काठमाडौं । सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६