होटेल मल्लको क्यासिनो बन्द नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, २५ पुस- सर्वोच्च अदालतले काठमाडौंको होटेल मल्लमा सञ्चालनमा रहेको क्यासिनो बन्द गर्न पर्यटन विभागले पठाएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । विभागको उक्त निर्णयविरुद्ध बेल्लिज नेपाल २० पुसमा सर्वोच्च गएको थियो । रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश दीपकराज जोशीको एकल इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म क्यासिनो सञ्चालनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न–नगराउन भनेको हो, नयाँ पत्रिकाले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?