च्याम्पियन्स लिग फुटबल : आयाक्सको दोस्रो जित

एजेन्सी । डच क्लब आयाक्सले युएईएफए च्याम्पियन्स लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ ।

बुधबार राति भएको समूह चरणको खेलमा स्पेनिस क्लब भ्यालेन्सियालाई ३-० ले पराजित गर्दै आयाक्सले लगातार दोस्रो जित हात पारेको हो ।

भ्यालेन्सियाको मैदानमा आयाक्सलाई जित दिलाउन हाकिम जिएच, क्विन्से प्रोमेस र डोनी भान डी बिकले समान एक एक गोल गरे ।

भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्ने मौका गुमाएको थियो । उसका डानील परेजोले पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

जितसँगै समूह ‘एच’को आयाक्सले २ खेलमा ६ अंक जोडेको छ । आयाक्स समूहको शीर्ष स्थानमा छ । ३ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा छ ।

च्याम्पियन्स लिग अन्तर्गत नै समूह जी को खेलमा लियोनले आरबी लेपजिगलाई २-० ले हराएको छ ।

यस्तै जेनिट सेन्ट पिटर्सवर्गले बेन्फिकालाई हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?