४ सय २३ चलचित्र प्रदर्शन हुँदै

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिवल (किम्फ) को १७ औं संस्करणमा ६९ देशका ४ सय २३ फिल्म प्रदर्शन हुने भएको छ ।

हिमाल एसोसियसनको आयोजनामा राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको अडिटोरियम हलमा मंसिर २५ देखि पाँच दिन चल्ने महोत्सव शुरु हुने किम्फका अध्यक्ष बसन्त थापाले जानकारी दिनुभयो ।

पोल्याण्ड, कोरिया र नेपालका चलचित्रकर्मीहरु निर्णायक रहेको किम्फमा १७ चलचित्रहरू प्रतिस्पर्धी सेक्सनमा हुनेछन् । महोत्सवमा पहिलो हुने फिल्मले २ लाख, दोस्रोले १ लाख ५० हजार र तेस्रोले १ लाख रुपैयाँ पाउने छ । यस बर्षको नारा ‘सीमान्तबाट आवाज’ भन्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?