यो हिन्दी फिल्म प्रदर्शन गरे हल नै जलाइदिने धम्की

काठमाडौं, २५ पुस–लामो विवादपछि हिन्दी फिल्म पद्मावतीले भारतीय केन्द्रीय सेन्सर बोर्डबाट प्रदर्शनीको लागि अनुमति पाएको छ फिल्मका ५ वटा दृश्य काट्दै यसको नाम परिवर्तन गरेर प्रदर्शन गर्ने सर्तमा सेन्सर बोर्डले यसलाई पास गरेको हो अब यो फिल्मको नाम पद्मावतीबाट पद्मावत राखिएको छ भारतका राजपूतहरुले पद्मावती नामको सिनेमालाई कुनै पनि हालतमा सिनेमा हलमा रिलिज गर्न नदिने भन्दै निरन्तर आन्दोलन गरेपछि फिल्मको नम फेर्न यसका निर्माता निर्देशक सञ्जयलीला सहमत भएका हुन् यो फिल्मविरुद्ध भारतीय जनता पार्टीका विभिन्न नेता र धार्मिक समूहले विरोध र आन्दोलन गर्दै आएका छन् राजपूत करणी सेनाले अझैं पनि फिल्म रिलिज गरिए हल तोडफोड गर्ने धम्की दिएको खबर राजधानी दैनिकमा छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?