२१ असार २०७९, मंगलवार

सशस्त्रको लेखा शाखामा आगजनी प्रकरण : लेखाका सबै कर्मचारीको सरुवा

२०७४,पुष,२५,मंगलवार ०१:४६

0
Shares

काठमाडौं, २५ पुस – सशस्त्र प्रहरी बलको लेखा शाखामा लामो समयदेखि कार्यरत कर्मचारीहरूलाई हटाइने भएको छ । सशस्त्र मुख्यालय हल्चोकस्थित स्टोर शाखामा भएको आगलागी प्रकरणबारे अनुसन्धान जारी रहेकै बेला लेखामा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिने भएको हो, राजधानी दैनिकमा खबर छ गृह मन्त्रालयले सशस्त्र मुख्यालयलाई पत्र लेखी लेखा शाखाका पुराना कर्मचारीको जिम्मेवारी हेरफेर गर्न निर्देशन दिएपछि सशस्त्र प्रहरीको प्रशासन विभागले मातहतका सबै निकायलाई यसबारे पत्राचारसमेत गरेको छ प्रशासन विभागले सोमबार दिएको सो निर्देशनअनुसार प्रहरी प्रधान कार्यालय हल्चोक, सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, सशस्त्र प्रहरीका बाहिनीहरू, गुल्म, गण, सीमा सुरक्षा कार्यालयलगायतका लेखा शाखा रहने सबै विभागले त्यहाँका कर्मचारीको सरुवा गर्नुपर्नेछ । गृह मन्त्रालयको निर्देशन र २० पुसको निर्णयअनुसार लेखामा कार्यरत सबै कर्मचारीलाई सरुवा गर्ने निर्णय भएको प्रशासन विभागले जनाएको छ । आर्थिक प्रशासन शाखामा रहने कर्मचारीहरू जिम्मेवार नभएको निष्कर्ष निकाल्दै प्रशासन विभागले ती सबैलाई हटाएर अन्य कर्मचारीलाई जिम्मेवारी दिन लागेको हो ४ पुसमा सशस्त्र प्रहरी बलको मुख्यालयभित्र आगलागी हुँदा महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका थिए ।

प्रकाशित मिति: २०७४,पुष,२५,मंगलवार ०१:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनुषा । सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिणाममा स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरीले जनकपुरबाट आलुको

दाङ । प्युठानमा चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ । प्युठानको ऐरावती गाउपालिका–६ बिजुलीकोटमा ९ जना घाइते भएका

सिन्धुपाल्चोक । सुन्दै ज्यान नै झसङ्ग हुने नाम हो भूत । भूत भन्ने बित्तिकै मान्छेको मन तर्सिन्छ । सिन्धुपाल्चोकमा एउटा

सुर्खेत । २० जना कैदीबन्दी अट्ने जाजरकोट कारागारमा ५४ जना राख्दा व्यवस्थापनमा समस्या भएको छ । सुधारगृहको रुपमा रहेको कारगारमा

ताजा समाचार

भलिबल प्रशिक्षक चन्दको सम्मान र बिदाई
 २०७९,असार,२१,मंगलवार १७:३९
बस्यो मन्त्रिपरिषद् बैठक
 २०७९,असार,२१,मंगलवार १७:०५
सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी
 २०७९,असार,२१,मंगलवार १६:५६