काठमाडौँ, २५ पुस — सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको सिकाइ स्तर अत्यन्त निराशाजनक रहेको निष्कर्ष शिक्षा मन्त्रालयको अध्ययनले निकालेको छ सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा २ र ३ का विद्यार्थी जोडा मिलाउन र वाक्य लेखनमा समेत कमजोर पाइएको छ । शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले गरेको अध्ययनले ६० प्रतिशत विद्यार्थीले नेपालीमै सरल वाक्य लेख्नसमेत नसकेको औंल्याएको हो, कान्तिपुरमा खबर छ ईआरओले ११ जिल्लाका २ हजार ६ सय ५ सामुदायिक विद्यालयका ७२ हजार ५ सय ३८ विद्यार्थीमाथि अनुसन्धान गर्दा यो तथ्य बाहिर आएको हो । कक्षा २ का ३५ हजार ९ सय ८३ र कक्षा ३ का ३६ हजार ५ सय ५५ विद्यार्थीमाथि अनुसन्धान गरिएको थियो । परीक्षणका क्रममा श्रुति लेखनमा सबभन्दा कमजोर पाइएको हो ।