एमाले बैठकमा ओलीको ब्रिफिङ – एकताबारे बोल्न निषेध

काठमाडौँ, २५ पुस- एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकताको पक्षमा एक सय प्रतिशत दृढ रहेको उल्लेख गर्दै आशंका नगर्न आफ्नै पार्टीका नेताहरूलाई आग्रह गरेका छन् नेताहरूबाट एकता प्रक्रियाबाट माओवादी टाढिने आशंका व्यक्त भइरहँदा अध्यक्ष ओलीले दाहालसँग आफ्नो लामो छलफल भइरहेको र एकताको विषय सकारात्मक दिशामा अघि बढिरहेको प्रस्ट पारेका हुन् आइतबार साँझ मात्र दाहालसँग करिब एक घण्टा कुरा गरेका उनले सोमबार दिउँसो पार्टी स्थायी समिति बैठकमा पछिल्लो छलफलबारे ब्रिफिङ गरे बैठकमा ओलीले एकताको विषयमा सार्वजनिक रूपमा ‘पोजिसन बनाउने गरी नबोल्न’ नेताहरूलाई निर्देशनसमेत दिए । एकताकाविकल्पहरूबारे नेताहरूले सार्वजनिक रूपमा बोल्ने गरेका थिए । एकताको विषयमा छलफल र निर्णय गर्न पार्टी एकता संयोजन समिति बनाइएको उल्लेख गर्दै ओलीले त्यहीँबाट सम्बन्धित काम अघि बढाइने बताए । ओलीको निर्देशनपछि एमाले बैठकले यससम्बन्धी प्रस्ताव नै पारित गरेको छ ।कान्तिपुर दैनिकले खबर छापेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?