नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको कार्यालयमा शङ्कास्पद वस्तु फेला

काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको कार्यालयमा आज शङ्कास्पद वस्तु फेला परेको छ । वडा नं ६ समुन्द्रटारस्थित गाउँपालिकाको कार्यालयभित्र सकेट बमजस्तो शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार कार्यालयको मुख्य ढोका (फलामे चेन गेट) बाट भित्रको कोठा परिसरमा विष्फोटक पदार्थ जस्तो देखिएको बस्तु राखेको अवस्थामा फेला परेको हो । उक्त स्थानमा अहिले प्रहरी सुरक्षा दिइरहेको छ भने डिष्पोज गराउन जबरजङ्ग गण देवीघाटबाट नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?