केसीलाई आज ९ बजे सर्वोच्चमा हाजिर गराइने, रात कहाँ बित्यो ?

काठमाडौं, २५ पुस- न्यायाधीशहरूविरुद्ध अमर्यादित र अदालतको अवहेलनाजन्य अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले डा.गोविन्द केसीलाई सोमबार राति शिक्षण अस्पतालको अनशन स्थलबाट पक्राउ गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाजनक अभिव्यक्ति दिएको अभियोगमा पक्राउ गरी हाजिर गराउन आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न परिसरका प्रहरी उपरीक्षक एसपी रामदत्त जोशी नेतृत्वमा प्रहरी टोली अनशनस्थल पुगेको थियोडा.केसीलाई मंगलबार बिहान नौ बजे सर्वोच्चमा हाजिर गराइने प्रहरीले जनाएको छ। केसीलाई सर्वोच्चको आदेशअनुसार पक्राउ गरिएको परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए। शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.केसीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको खबर अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?