बढ्यो सुनको मुल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार प्रतितोला सुनको मुल्य ६९ हजार २ सय कायम भइ कारोबार भएको थियो । तर आज तोलामा ६ सयले वृद्दि भई छापावाला सुनको मुल्य प्रतितोला ६९ हजार ८ कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साथै तेजावी सुनको मुल्य भने ताेलाकाे ६९ हजार ५ सय कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मुल्यपनि मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले वृद्दि भएको छ । मंगलबार प्रतितोला चाँदी ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आज ८ सय ३५ रुपैयाँ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?