९ जेष्ठ २०७९, सोमवार

भुटानमाथि नेपालको शानदार जित,भुटान ९ विकेटले पराजित

२०७४,भाद्र,२८,बुधबार ०५:११

0
Shares

काठमाडौं,२८ भदौ ।एसीसी यू १९ इस्टर्न रिजन प्रतियोगिताको दोश्रो खेलमा नेपालले शानदार जित हासिल गरेको छ ।बुधबार विहान मलेशियामा भएको खेलमा नेपालले कप्तान दीपेन्द्रिसंह ऐरीको ५ विकेटको सहयोगमा भुटानलाई ५० रनमै समेट्दै जित निकालेको हो । नेपालले पाएको लक्ष्य एक विकेटको नोक्सानीमा हासिल गर्दै खेल ९ विकेटले जितेको हो । नेपाली बलरहरू सामु निरिह देखिएको भुटानी टोली २५ ओभरमै अल आउट भएको थियो । नेपालका संदिप लामिछानेले ७ ओभर बलिङ गर्दै ७ रन खर्चेर ४ विकेट लिए भने कप्तान दीपेन्द्रले ८ ओभर बलिङ गर्दै २३ रन दिएर ५ विकेट लिए । यस्तै नन्दन यादवले एक विकेट लिए ।नेपालले भोलि सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: २०७४,भाद्र,२८,बुधबार ०५:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का मार्केटिङ एण्ड एजुकेसन समिति प्रमुख तथा फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीवराज पौड्यालले

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यु-१९ महिला टिमको कप्तानमा कृतिका मरासिनीलाई नियुक्त गरेको छ । क्यानले यसअघि नै विश्वकप

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी ६ असारमा हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समूहको उम्मेदवार

ताजा समाचार