विश्वकपको दोस्रो चरण खेल्न राष्ट्रिय टोली अष्ट्रेलिया जाँदै

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्न नेपाली राष्ट्रिय फुटबल टिम आज अष्ट्रेलियातर्फ प्रस्थान गर्दैछ ।

नेपाली टोली बुधबार अपरान्ह १ बजेपछि अष्ट्रेलिया प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । अष्ट्रेलिया जाने नेपाली टोलीलाई एन्फाले मंगलबार नै विदाई गरिसकेको छ ।

छनोटको समूह ‘बी’  मा रहेको नेपालले असोज २३ गते अष्ट्रेलियासँग उसैको मैदानमा खेल्नेछ । अष्ट्रेलियापछि नेपालले असोज २८ गते जोर्डनसँग खेल्नेछ । अष्ट्रेलियासँग खेल्ने नेपाली टोलीको घोषणा मंगलबार नै भईसकेको छ ।

छनोटमा नेपाल २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७-० को हार व्यहोरेको थियो । तर, दोस्रो खेलमा चाईनिज ताइपेलाई २-० ले हराएको थियो ।

अष्ट्रेलिया १ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ । यस समूहमा २ खेलमा ३ अंक जोडेको कुवेत शीर्ष स्थानमा छ । ३ अंक जोडेको जोर्डन तेस्रो र अंकविहिन ताइपे पुछारमा रहेको छ ।

नेपाली टिममा को को छन् त ?

गोलकिपर: किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर: सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर: रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई

फरवार्ड: विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?