टोटेनहमको पोस्टमा वायर्न म्युनिखले गर्यो गोलको वर्षा !

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा टोटेनहमले घरेलु मैदानमै लज्जास्पद हार ब्यहोरेको छ । टोटेनहमले जर्मन क्लब वायर्न म्युनिखसंग ७-२ गोल अन्तरले पराजित भएको हो ।

सर्ज गनाब्रीले दोस्रो हाफमा एक्लै चार गोल गरेपछि टोटेनहमले घरेलु मैदानमा लज्जास्पद हार ब्यहोरेको हो । सन ह्युङ मिनले १२ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । जोसुवा किमिचले १५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

रोबर्ट लेवान्डोस्कीले ४५ औं मिनेटमा पाहुना टोली वायर्नलाई खेलमा अग्रता दिलाउने काम गरे । गनाब्रीले ५३ औ मिनेटमा टोटनहमले ३–१ ले अघि बढाए । त्यसको दुई मिनेटपछि ब्यक्तिगत दोस्रो गोल गर्दै गनाब्रीले वायर्नका लागि चौंथो गोल गरे । ६१ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमको गोल अन्तरलाई घटाउने काम गरे ।

तस्वीर गूगल

तर गनाब्रीले ८३ औ मिनेटमा ह्याट्रिक पुरा गर्दै वायर्नलाई फराकिलो जिततर्फ अग्रसर गराए । खेल सकिन तीन मिनेट बाँकी छदाँ लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई ६–२ ले अघि बढाए । लगत्तै गनाब्रीले ब्यक्तिगत चौथो तथा वायर्नका लागि सातौ गोल गरे ।

आर्सनलका पूर्व खेलाडी गनाब्री च्याम्पियन्स लिगको दोस्रो हाफमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन् । टोटनहम १ सय ३७ बर्षको ईतिहासमा पहिलो पटक घरेलु मैदानमा ७ गोल ब्यहोरेको थियो ।

गत वर्षको उपविजेता टोटेनहम २ खेलबाट १ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रह्यो । वायर्न २ खेलबाट सतप्रतिशत जित निकाल्दै तालिकाको शीर्ष स्थानमा रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?