रोनाल्डोको गोलमा युभेन्ट्सको सहज जित

एजेन्सी । च्याम्पियन्स लिगअन्तर्गतको फुटबलखेलमा युभेन्ट्सले सहज जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा युभेन्ट्सले जर्मन क्लब बायर लिभरकुसेनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेन्ट्सले गोन्जालो हिग्युनको गोलबाट अग्रता लिएको थियो । जोनाथन ताहको गल्तीमा हिग्युनले १७ औ मिनेटमा उनले सिरि ए च्याम्पियनलाई अग्रता दिलाएका थिए । ६१ औ मिनेटमा फेडेरिको बर्नार्डेस्कीले युभेन्ट्सको अग्रता दोब्बर बनाएका थिए ।

तस्वीर गूगल

खेल सकिन दुई मिनेट बाँकी छदाँ क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए । युभेन्ट्स दुई खेलबाट ४ अंक जोड्दै समुह डीको शीर्ष स्थानमा रह्यो ।

लिभरकुसन अंक विहिन हुदै पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?