निशान र मेलिना नयाँ गीत ‘हावा चल्यो’ (भिडियो सहित)

काठमाण्डौं । नेपाल आईडलबाट चर्चामा आएका गायक निशान भट्टराई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘हावा चल्यो’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ ।

संगीतकार बसन्तकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा नायिका वर्षा राउत र अर्जुन गौतमको अभिनय रहेको छ। सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा प्रविण सिंहको करियोग्राफी रहेको छ।

नवराज ज्ञावलीले खिचेको भिडियोमा विकास ज्ञावलीको सम्पादन तथा साइब्रत आचार्य साहायक निर्देशन रहेको छ ।

https://www.youtube.com/watch?v=mbgCg09qf48

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?