सामुदायिक विद्यालयमा बस र छात्रावासको व्यवस्था गरिने

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले तराईका सामुदायिक विद्यालयमा बस र पहाड तथा हिमाली क्षेत्रमा छात्रावासको व्यवस्था गरी विद्यालय एकीकरण गर्ने बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालयद्वारा मङ्गलबार यहाँ आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रगति तथा चालू आर्थिक वर्षका कार्यहरुकोे प्रस्तुतीकरण कार्यक्रममा उहाँले विद्यार्थी कम हुने विद्यालयमा तीनदेखि चार हजारसम्मका छात्रछात्रालाई जम्मा गरी विद्यालय एकीकरण गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने जानकारी दिनुभयो । उहाँले मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सर्पदंश उपचार सेवा विस्तार गरेको र सोही क्रममा विराटनगरको कोचाखालमा स्थापना गरिएको बताउनुभयो ।

उहाँले विराटनगरको शहीद रङ्गशालामा रात्रिकालीन खेलका लागि स्थायीरूपमा ‘फ्लड लाइट’ राख्न ठेक्का प्रक्रिया लागेकाले आगामी फागुनभित्र सम्पन्न हुने जानकारी दिनुभयो । नोबेल अस्पतालद्वारा एम्बुलेन्स प्रदान नोबेल शिक्षण अस्पतालले मोरङको इटहरामा निःशुल्क एम्बुलेन्स प्रदान गरेको छ । ज्येष्ठ नागरिक हकहित समाज रतुवामाई नगरपालिका–९ इटहरालाई रु ११ लाख मूल्य बराबरको एम्बुलेन्स मङ्गलबार प्रदान गरेको हो ।

अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेले संस्थाका अध्यक्ष भुवनसिंह राईलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभयो । नगर प्रमुख रविन राई र अस्पतालका अध्यक्ष न्यौपानेले संयुक्तरुपमा एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभयो । प्रमुख राईले एम्बुलेन्सका कारण अब रतुवामाई क्षेत्रका बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज हुने बताउनुभयो ।

अस्पतालका अध्यक्ष न्यौपानेले बिरामीको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवामूलक हिसाबले एम्बुलेन्स सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । समयमा बिरामीको उपचार नपाई मृत्यु नहोस् भन्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरिएको नोबेल अस्पताल सञ्चालक डा सुनिल शर्माले बताउनुभयो । अस्पतालले यसअघि मोरङको पथरीशनिश्चरे र पाँचथरमा पनि निःशुल्क एम्बुलेन्स प्रदान गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?