सुगम पोखरेलको नयाँ दशैँ गीत (भिडियो सहित)

काठमाडौं । गायक सुगम पोखरेलको नयाँ दशैँ गीत सार्वजनिक भएको छ । गीतले दशैँको रमझमको झल्को दिन्छ ।

सुगम पोखरेलको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको ‘शुभ दशैँ’ बोलको गीतमा सुगम पोखरेल र एन्जिला पोखरेलको आवाज सुन्न सकिन्छ । यस्तै गीतमा संगीत र शब्द गायक पोखरेल कै रहेको छ ।

गीतको भिडियोलाई सतिज श्रेष्ठले निर्देशन र सम्पादन गरेका हुन् भने गीतको भिडियोमा सुगम पोखरेल, एन्जिला पोखरेल लगायतले अभिनय गरेका छन् । भिडियोमा दशैँको टीका लगाएर चंगा उठाएको र पिङ खेलेको माहोलले दर्शकलाई रमाइलो बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?