‘घामड शेरे’ को ‘साली मन पर्‍यो’ (भिडियो सहित)

काठमाण्डौं । चलचित्र ‘घामड शेरे’ को ‘साली मन पर्‍यो’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्काको अभिनय छ ।

गीतमा कालीप्रसाद बाँस्कोटा र अस्मिता अधिकारीको स्वर तथा कालीकै शब्द र संगीत रहेको छ । गीतको सार्वजनिक भिडियोमा प्रदीप लामाको कोरियोग्राफी छ।

हेमराज विसीको निर्देशनमा तयार फिल्ममा वास्तविक जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काको अभिनय रहेको छ । फिल्ममा निश्चल बस्नेत श्रीमान–श्रीमतीककै भूमिकामा देखिने छन्। चलचित्र आउँदो कात्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?