गायक योगीलाई प्रधानमन्त्रीको सुझव ‘अब एउटा मान्छे खोज्न छाडिदिनुहोस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायक शिशिर योगीलाई एउटा मान्छेको खोजी नगर्न सुझाव दिनुभएको छ । मंगलबार काठमाण्डौंमा भएको सांसद शान्ता चौधरी र गीतकार भगवति न्यौपानेको गीत रिलिज कार्यक्रममा प्रधानमन्त्री ओलीले म यो देशमा एउटा मानिस खोजिरहेछु का गायक योगीलाई एउटा मान्छे खोज्न छाड्न सुझाव दिनुभएको हो ।

अग्रभागमा बसेका गायक योगीलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले शान्ता चौधरीले यी सबै काम गर्न छाडेर म एउटा मान्छे खोजिरहेछु भन्दै हिडिरहेको भए कोही भेटिँदैनथ्यो । आफैं त्यही मान्छे बन्न खोज्नुभयो । कमलरीबाट आज शासन गरिरहेको पार्टीको संसदीय दलको सचेतक हुनुहुन्छ । म पनि मान्छे खोज्न थालिनँ, देश मैले नै बनाउने हो भनेर लागें ।

प्रधानमन्त्री ओलीले कमलरी बसेकी, खान लाउन नपाएकी एउटी फुच्ची आज आएर सत्तारुढ पार्टीको संसदीय दल चलाउने सचेतक बन्नुको कारण त्यो मान्छे आफैं बन्ने लक्ष्य लिएर भएको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?