यस्तो बन्यो ‘बादशाह जुट’को ट्रेलर (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक भएको छ । कार्तिक १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा सुशील श्रेष्ठ र आमिर गौतम स्टारर सिनेमाको ट्रेलरमा एक्सन र कमेडी देख्न सकिन्छ ।

चलचित्रलाई जोनी सिंह रानाले निर्देशन गर्नुभएको हो । यो चलचित्रमा सुशीलले पत्रकारको भूमिका निभाएको देख्न सकिन्छ भने आमिरले एक प्रहरी अफिसरको भूमिका निर्वाह गरेका छन् ।

यो चलचित्रमा रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको समेत अभिनय छ ।

अभिषेक शशी कुमारले लेखेको यो चलचित्रलाई उत्तम हुमागाईंले छायाँकन गरेका हुन् । यस्तै चलचित्रमा राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?