दशैँ : काठमाडौं भित्रिए १४ हजार पशु चौपाया, आज ४ हजार भित्रिँदै

काठमाडौं । राजधानी शहर काठमाडौंमा दशैँका लागी खसी, बोका,च्याङ्ग्रा , राँगा तथा अन्य पशु चौपायाहरु भित्रिन थालेका छन् । करिब १४ हजार ५ सयको सङ्ख्यामा दशैंका लागि पशु भित्रिएको पशु क्वारेन्टाइन कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

नवलपरासी, बारा, बाँके, नेपालगञ्ज र रौहट लगायतका जिल्लाबाट ६ सय २५ गोटा राँगाभैँसी भित्रिएका छन्। भने १ हजार ८१ गोटा खसीबोका भित्रिएको तथ्याङ्कले देखाएको छ। ती खसीबोका दाङ, पाल्पा, धादिङ, कैलाली, नवलपरासी र चिवतनबाट भित्रिएका हुन्।

क्वारेन्टाइन उप–प्रमुख सम्झना कुमारी काफ्लेका अनुसार आज ४ हजार च्याङग्रा काठमाडौं भित्रिन लागको छ । उहाँले बताए अनुसार टिमुरे नाकाबाट आयात भएका च्याङ्ग्रा भने त्यहीँको बजारमा खपत हुने छ।

चितवन, नवलपारासी, कैलाली, धादिङ र नुवाकोटबाट ११ हजार ३ सय गोटा कुखुरा भित्रिएको तथ्यांकमा देखाइएको छ ।

त्यस्तै, चितवन, पोखरा र धादिङबाट ३ हजार ४० पेटी अण्डा, चितवनबाट हाँस र लौकाट क्रमशः ५ सय र २ सय ५० गोटा र सुर्खेत र मुस्ताङबाट ६ सय ७० गोटा च्याङ्ग्रा भित्रिए तथ्याङ्कले देखाएको छ। ९ हजार ८ सय १५ किलो माछा भित्रिएको तथ्याङ्कले देखाएको छ। ती माछा चितवन र कपिलवस्तुबाट भित्रिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?