एनर्जाइजरको पावर बैंक नेपाली बजारमा

काठमाडौं । एनर्जाइजर पावर बैंकहरुको लागि आईएमएस ग्रुप नेपालमा एक मात्र आधिकारिक वितरक भएको छ ।

एनर्जाइजर विश्वकै प्रख्यात गतिशिल लिडर हो साथै  ब्याट्री, पोर्टेबल ब्याट्री, पोर्टेबल फ्ल्यास् लाईटहरु र लालटिनको उत्पादन गर्ने विश्वको ठूलो निर्माता पनि हो ।

यसले निरन्तररुपमा टेक्नोलोजी नवप्रवर्तक भई पावर बैंक र वायरलेस चार्जिङ्गको उत्पादन गर्दै आएको छ ।

एनर्जाइजरसँग शक्तिशाली र पोर्टेवल दायराका पावर बैंकहरु छन् । जसले तपाईंको एन्ड्रोइड वा एप्पल स्मार्टफोन र अन्य विद्युतिय उपकरणहरु तुरुन्त चार्ज गर्नेछ ।

कम्पनीले हालैमात्र एनर्जाइजरको उत्पादनहरू स्मार्ट डोको मार्फत उपलब्ध गराएको छ, जुन नेपालका अग्रणी अनलाइन मेगास्टोरहरू मध्ये एक हो र चाँडै नै देशभर मोबाइल फोन आउटलेटहरूमा उपलब्ध हुनेपनि कम्पनीले जनाएको छ ।त्यसकारण  उपभोक्ताका आवश्यकताहरू पूरा गर्न, सहज र सुविधा प्रदान गर्न  यो अन्तर्राष्ट्रिय ब्रान्ड, एनर्जाइजरको परिचय गराएका छ।

अन्तर्राष्ट्रिय ब्राण्ड एनर्जाइजरको वितरक हुनु नेपालको लागी राम्रो पक्ष हो ।  मूल्य अभिवृद्धि उत्पादनहरू र सेवाहरूको विस्तृत क्रम प्रदान गर्न हाम्रो दृष्टिकोणको साथ, अब नयाँ ऊर्जा प्रविधिको परिचय गरेकाे कम्पनीले जनाएकाे छ । जस्ले प्रयोगकर्ताहरुका नयाँ प्रविधिको साथ अगाडि बढ्नको लागि विश्वको पहिलो नवीनतम् र उदाउँदो प्रविधिहरूको पर्यायवाची हो । साथै, यो पिढी यस्तो हो जहाँ स्मार्टफोन वा ग्याजेटहरू हामीसँग चौबिसै घण्टा हुन्छ, जसलाई तत्काल शक्ति बढाउन आवश्यक पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?