राजमार्ग खुलाउन गएको डोजर पल्टिँदा सहचालकको मृत्यु

काठमाडौं । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका-५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताउनुभयो । ‘आज बिहान ४ बजे डोजर पल्टिँएको हो ।’ उहाँले भन्न्नुभयो,“अहिले जिल्ला अस्पताल कालीकोटमा शव परीक्षणको लागि लगिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?