अदालतको अवहेलना भन्दै डा. गोविन्द केसीलाई पक्राउ पूर्जी !

काठमाडौं,२४ पुस । अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीविरुद्ध पक्राउ गर्न आदेश दिएको छ । न्यायलय विरुद्ध भ्रम शृजना गरेको र मुुलुकको कानुनलाई चुनौती दिन खोजेको भन्दै न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ ।साथै निवेदनलाई फौजदारी दायरीमा दर्ता गर्न भनेको छ सर्वोच्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ , “डा. केसीको नाममा जारी भएको विज्ञप्ति र समाचारहरु हेर्दा अदालतको फैसलाविरुद्ध जनमानसमाभैम पर्ने गरी न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशविरुद्ध अमर्या्दित, अशिष्ट र अवहेलनाजनक अभिव्यक्ति उल्लेख भएको पाइएकोले अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो, निजलाई पक्राउ गरी २०७४र९र२५ गते विहान ९ बजे अदालतमा हाजिर हुन उपस्थित गराउनु भनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा लेखी पठाउनू ।”प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै डा. केसीले सोमबार आमरण अनसन सुरु गरेका छन् । अनशन बस्ने क्रममा केसीले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र पराजुली माफियाको निर्देशनमा चलेको उल्लेख गरेको थिए केसीले अनशन घोषण गरेलगतै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले डा. केसीविरुद्ध अवहेलना मुद्दा हालेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?