कालिमाटीका व्यापारिले लुकाउन थाले प्याज : विभागले दियो यस्तो निर्देशन !

काठमाडौं । केहिदिन यता भारतले नेपालमा आयात हुने प्याजमा प्रतिबन्ध लगाएको छ । त्यससँगै नेपाली बजारमा प्याजको मुल्य  एकदम बढेको छ । साथै भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीले लुकाउन थालेका छन्। सोमबार वाणिज्य विभागले कालिमाटी फलफुल तथा तरकारी बजारमा गरेको अनुगमनमा व्यापारीले प्याज लुकाएको भेटिएको हो।

कालिमाटी बजारको अर्याल आलु प्याज सप्लार्यसले प्याजको गोदाम देखाउन समेत मानेन । त्यहाँका व्यापारिका अनुसार पहिले १ सय ५० बोरा मात्र प्याज स्टक रहको थियो । पछि गोदाम अनुगमन गर्दा २ सय बोरा प्याज भेटिएपछि २४ घण्टाभित्र व्यापारीलाई विभागमा आउन निर्देशन समेत दिइएको छ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि एकैदिनमा प्याजको मूल्य प्रतिकेजी ३० रूपैयाँले बढेको कालिमाटीको तथ्याङ्कले दखाएको छ। प्याजको मूल्य एक्कासी ह्वात्तै बढेपछि विभागले अनुगमन गरेको हो।

अनुगमनका लागि ४ वटा टोलि खटिएको थियो। टोलीले ८ वटा पसलमा अनुगमन गरेको थियो। अनुगमन गर्दा खरिद र बिक्री मूल्यमा धेरै अन्तर नभएको निरीक्षण रमेशकाजी अधिकृत श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?