‘सभामुख महराले पहिले पनि बलात्कारको प्रयास गरेका थिए’ : पीडित महिला (भिडियो सहित)

काठमाण्डौं । सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लागेको छ । संघीय संसद् सचिवालयमा कार्यरत एक कर्मचारीले सभामुख महराले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै एउटा अनलाईन मिडियामा भिडियो अन्तर्वाता दिनुभएको छ । सभामुख महराले आइतबार साँझ ६ बजे नै फोन गरेको भिडियो अन्तर्वातामा दावी गरिएको छ ।

भिडियो अन्तर्वार्तामा पिडित महिलाले लगाएको हारोप यस्तो छ ।

उहाँले मलाई ६ बजे नै फोन गर्नुभएको थियो । दुई पटक गर्नुभएको रैछ । त्यो भन्दा पहिले पनि गर्नुभएका रैछ । अनि साढे ६ पौने ७ बजेतिर एकक्लै हो भने म आउँछु भन्नुभयो । मसंग तपाईको के काम हुन्छ र ? मैले भनेकी थिएँ । त्यसपछि हैन म आउँछु भन्नुभयो । मलाई अलिकति अचम्म पनि लाग्यो । किन हतार परेको होला ?, किन आउन खाज्नु भएको हो ? भनेर के हो के हो जस्तो लाग्या थियो ।

त्यसपछि आउनुभयो, आईसके पछि त्यो रक्सी पनि लिएर आउनुभएको रैछ । ल आज दशैँ यहि मनाउँने यही गरौ भनेर भन्नुभयो ।
सर म खाँन्न भने, पहिले पनि सर भनिराखेको । सर म खाँन्न, टाउको दुख्छ भने ।

हैन खानुपर्छ भनेर भन्नुभयो । अनि मैले दुईवटा गिलास लगें ।
दुईटामा किन खाँने एउटैमा खाऊ भ्ननुभयो ।
झुठो खान हुँदैन भनछन्, म त खाँदिन भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?