सामसुङकाे दशैं अफर : १ देखि १८ हजारसम्म क्यास ब्याक

लोकपथ
0
Shares
तस्वीरःगूगल

काठमाडौं । दशैँको समयमा दक्षिण कोरियाको चर्चित स्मार्टफोन कम्पनी सामसुङले धमकेदार अफर ल्याएको छ । दशैँ अफर अन्तरगत कम्पनीले सामसुङका बिभिन्न फोनहरुको खरिदमा छुट दिने भएको छ । साथै कम्पनीले फोनको खरिदमा १ हजारदेखि १८ हजारसम्म क्यास ब्याक अफर दिएको छ।

यस्तो छ सामसुङको अफर 

ग्यालेक्सी नोट९ को मुल्य १,०९,९०० रुपैयाँ पर्नेमा छुटपछि कम्पनीले ९९,९०० रुपैयाँमा उपलब्ध गराउने भएको छ ।

त्यस्तै ग्यालेक्सी एस१० प्सल को हाल बजारमुल्य १,२३,५०० रहेको छ । तर कम्पनीले १,०५,००० मा उपलब्ध गराउने भएको छ ।

हाल बजारमा ग्यालेक्सी एस१० को मुल्य १,०१,९०० रुपैयाँ रहेको छ तर छुटपछि ८४,९०० रुपैयाँमा पाइने भएको छ ।

त्यस्तै ग्यालेक्सी ए८० को बजारमा ७९, ९९० रुपैयाँ पर्दछ । तर छुटपछि ६४,९९० रुपैयाँमा पाइने भएको छ ।

त्यस्तै ग्यालेक्सी ए७० को मुल्य ४७,९९० रुपैयाँ रहेको छ । साथै छुटपछि ४२,८९० रुपैयाँमा पाइने भएको छ ।

ग्यालेक्सी ए५० को हाल बजारमुल्य ३१,४९० रुपैँया रहेको छ । तर दशैँ अफरको लागी २९,४९० रुपैयाँमा प्राप्त हुने भएको छ ।

साथै ग्यालेक्सी ए३० को मुल्य २५,९९० रुपैयाँ रहेकोमा दशैँको कम्पनीले दिएको छुटपछि २४,८९० रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?