सर्वोच्चको आदेशविरुद्व गोविन्द केसी अनसनमा !

काठमाडौं– चिकित्साशास्त्र अध्ययन संस्थानको डीनलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि प्राध्यापक डाक्टर गोविन्द केसी आन्दोलित बनेका छन् । सर्वोच्चले त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डीन डा शशि शर्मालाई पुनर्बहाली गर्ने आदेश दिएको थियो आदेशलगत्तै केसीले मंगलबार पत्रकार सम्मेलन गरेर पुन अनसन बस्ने घोषणा गरेका हुन् । उनी आजै ४ बजेदेखि अनसनमा बस्ने बताइएको छ प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्मालाई पुनर्बहाली गर्ने आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?