काठमाडौं । सोमबारदेखी नेपाल खाद्य संस्थानले दशैँको लागी खसी तथा च्याङ्ग्रा बिक्रि शुरु गरेको छ । साथै संस्थानले नीजि क्षेत्रभन्दा सहुलियत मुल्यमा पनि हुने जानकारी दिएको छ । संस्थानले हरेक वर्षकाे दशैंमा तीन हजार खसी र च्याङग्रा ल्याएर बिक्री गर्दै आएको छ।
साथै खसीमा किलोको ७० रुपैयाँ र च्याङ्ग्रामा ४० रुपैयाँले सहुलियत पाइने भएको छ ।
संस्थानले सोमबार दिउसो बैठक बसि यस्तो निर्णय गरेको हो । निर्णय अनुसार खसी प्रतिकिलो ५ सय ५० रुपैयाँ र ७ सय ३० रुपैयाँमा बिक्रि हुनुपर्ने छ । तर व्यवसायीले जिउँदो खसीको मूल्य किलोको ६ सय २० रुपैयाँ र च्याङग्रा ७ सय ६० रुपैयाँमा बिक्री गर्दै आएका छन्।
संस्थानले जिउँदो खसीको मूल्य किलोको ५ सय ६० रुपैयाँ र च्याङग्रा ७ सय ४० रुपैयाँ तोकेको थियो।
मूल्य हस्तक्षेप गर्नका लागि संस्थानले खसी र च्याङग्रा ल्याएर बिक्री गरेको हो। संस्थानले खसीरच्याङग्रा बिक्री गरेकै कारण निजी व्यवसायीले अस्वभाविक मूल्य निर्धारण गर्न पाउँदैनन्। सरकारले १० रुपैयाँ अनुदान दिएका कारण थप सहुलियत भएको हो।
संस्थानका अनुसार सोमबारसम्म सोमबार सम्म ३७० खसी र बोका र ५५० च्याङ्ग्रा काठमाडौं आइसकेको छ। संस्थानका अनुसार बाँकी खसी र च्याङग्रा समेत बाटोमा रहेको र केही दिनभित्रै काठमाडौंमा आइपुग्नेछ। साथै संस्थानले ल्याउने खसी तथा च्याङग्राको निरोगिताको समेत परीक्षण हुने भएकाले स्वस्थ मासुको सुनिश्चितता समेत हुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया