‘नआउ तिमी सजिएर जेनि हुन सक्छ’मा हिमाल र साराको रोमान्स

काठमाडौं, २४ पुस । चर्चित गायक हिमाल सागरले आफ्नो नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् विगत लामो समय देखि नेपाली सांगितिक क्षेत्रका आफूलाई स्थापित गर्न सफल पप तथा आधुनिक गायक हिमाल सागरले अर्को नयाँ म्यूजिक भिडियो ‘नआउ तिमी सजिएर जेनि हुन सक्छ’ सार्वजनिक गरेका हुन् नेपाली सांगीतिक बजारमा पछिल्लो समय थपिएको नयाँ गीत ‘नआउ तिमी सजिएर’मा यस्तो भाव समेटिएको हो गायक हिमाल सागरकै आवाज रहेको ‘न आउ तिमी सजिएर जे नि हुन सक्छ’ बोलको गीति गजलमा गीतकार नृपेश उप्रेतीको शब्द रहेको छ उक्त सार्वजनिक गीति गजललाई अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत भरेका हुन् भने अर्जुन उप्रेतीले निर्देशन गरेको यो म्यूजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् यस म्यूजिक भिडियोमा गायक हिमाल सागरको साथमा मोडल सवि सिंहले सारालाई यसरी सजिएर आयौ भने जे नि हुनसक्ने भन्दै चेतावनी दिएका छन् https://youtu.be/2u4pd5rGB2Y 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?