१५ असार २०७९, बुधबार

पत्रकारलाई पत्र काट्ने एसएसपीलाई काउन्सिलले बोलायो

२०७४,पुष,२४,सोमवार ०९:१७

0
Shares

काठमाडौं, २४ पुस । प्रेस काउन्सिल नेपालले महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) रवीन्द्र धानुलाई आफ्नो कार्यालय बोलाएर पत्रकारसँग समाचारको स्रोत नमाग्न सुझाव दिएका छन् अबदेखि पत्रकारलाई समाचारको स्रोत माग्दै प्रत्यक्ष सम्पर्क नगर्न र उनहरुसँग पत्र नकाट्न प्रेस काउन्सिलले प्रहरी उपरिक्षक धानुलाई भनेको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताए । साथै पत्रकारमाथि कुनै पनि जानकारी लिनु परेमा प्रेस काउन्सिलमार्फत गर्न काउन्सिलले उपरिक्षक धानुकलाई भनेको श्रेष्ठले जानकारी दिए सुशासन अनलाइन लगायतका अनलाइनहरुमा नवराज सिलवालका विषयमा छापिएको समाचारबारे प्रहरीले पत्र काटेपछि प्रेस काउन्सिलले सोमबार काठमाडौं प्रहरी प्रमुख धानुलाई बोलाएर यस विषयमा छलफल गरेको हो सोमबार प्रेस काउन्सिलको आयोजनामा भएको छलफलमा एसएसपी धानुकका साथमा अनुसन्धान अधिकृत डीएसपी बेलबहादुर पाण्डेसमेत उपस्थित भएका थिए त्यस्तै, विभिन्न अनलाइन पत्रिकाका सम्पादकहरुलाई समाचारको स्रोत माग्दै लेखिएको पत्रमा डीएसपी पाण्डेको हस्ताक्षर गरेका थिए प्रहरी अधिकारीहरुसँगको छलफलमा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, सूचना विभागका महानिर्देशक वीरबहादुर राई, नेपाल बार एशोसिएसनका कोषाध्यक्ष ज्ञानरत्न शाक्य लगायतको उपस्थिति थियो त्यस्तै, यस विषयमा पूर्व डीआइजी नवराज सिलवालले आफ्नो कार्यसम्पादन मूल्यांकनसम्बन्धी विवरण अनलाइनबाटै प्राप्त गरेको बताएको हुनाले ती अनलाइनसँग स्रोत मागिएको छलफलका क्रममा प्रहरी अधिकारीहरुले जवाफ दिए साथै पाटन उच्च अदालतले समेत त्यसरी पत्र काटेर समाचारको स्रोत माग्न सकिने बाटो खोलेको प्रहरी अधिकारीले जिकिर गरेका थिए यसैगरी, प्रहरी अधिकारीले गरेको जिकिरको जवाफमा प्रेस काउन्सिलका पदाधिकारी एवं नेपाल बारका प्रतिनिधिले कुनै पनि हालतमा पत्रकारसँग समाचारको स्रोत मागेर पत्र काट्न वा उनीहरुलाई हाजिर हुन बोलाउन नमिल्ने सुझाव दिए छन् ‘प्रहरीले यसरी समाचारको स्रोत मागेर पत्र लेख्नु संविधानको धारा १९ विपरीत हुन्छ,’ छलफलपछि प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भने, ‘प्रहरीको यस्तो कार्य संविधान र प्रेस कानूनको समेत विपरीत हुने भएकाले हामीले प्रहरीलाई यस्तो कार्य नगर्न भन्यौं ।’त्यस्तै, श्रेष्ठले भने, अबदेखि अनलाइन पत्रकारहरुलाई त्यसरी पत्र नकाट्ने र आवश्यक परेमा प्रेस काउन्सिलमार्फत् सम्पर्क गर्ने विषयमा प्रहरी अधिकारीहरु सहमत भएको बताए ।

प्रकाशित मिति: २०७४,पुष,२४,सोमवार ०९:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा बृक्षारोपण गरिएको छ । बृक्षारोपण दिवसको अवसरमा मझुवागढीमा मंगलबार बिहान फूल र सजावटजन्य

काठमाडाैं । चिकित्सक कुट्ने प्रहरीलाई  कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेकाे छ । साथै संघले एक विज्ञप्ति जारी गर्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री देउवा मंगलबार

हेटौंडा । मकवापनुर प्रहरीले अवैध तरिकाले अनलाइन जुवा खेल्ने खेलाउने ११ जनालाई हेटौंडाबाट पक्रेको छ । हेटौंडा–४ स्थित कमलडाँडामा कोठा

ताजा समाचार

बालुवाटारमा आगलागी (तस्बिरसहित)
 २०७९,असार,१५,बुधबार १३:२१