काठमाडौं । मानिसको जीवनमा धेरै प्रकारका उतारचढाव आइरहन्छन् । जीवनको यात्रा गर्ने क्रममा कहिले उकाली त कहिले उराली कठिनाइहरु आउँछन् । सोचेका कुराहरु पुरा हुँदैनन् अनि निराशाको भुमरीमा होमिन्छौँ । आफ्नो जिन्दगी कहिल्यै रमाइलो लाग्दैन अरुकै जिन्दगी रमाइलो लाग्छ । कष्ट हटाउन हामी अनेक देवालय धाइरहेका हुन्छौं अनेक काम गरिरहेका हुन्छौं ।
तर दशैँको समयमा विशेषत: नवारात्रको समयमा यी ९ काम गर्नुहोस्, जसले तपाइको जिवनमा ठुलो परिवर्तन ल्याउँनेछ । दशैँको समयमा हामी रमाइलो मात्र गरेर बिताइरहेका हुन्छौं । हत्या र काटमारमै रमाइरहेका हुन्छौं । तर यो समयलाई विशेष महत्वका साथ लिएर अगाडी बढ्नुहोस् पक्कै पनि तपाइको जीवन बदलिनेछ । तपाइको भाग्य फेरिनेछ । यो समयलाई जीवनको ‘टर्निङ पोइन्ट’ को रुपमा लिनुहोस् तपाईको भाग्य खुल्नेछ ।
घटस्थापनाबाट सुरु हुने दशैँ १५ दिन अर्थात् कोजाग्रत पुर्णिमासम्म रहन्छ । घटस्थापनादेखि दशमीसम्म विशेष महत्वपूर्ण रहन्छ । ९ दिनसम्म विभिन्न रुपमा दुर्गाको पुजा गरि दशौँ दिन दुर्गा भवानीको प्रसाद स्वरुप ठुलाबडाको हातबाट टिका थापी आशिर्वाद लिइन्छ । र सो कार्य पुर्णिमासम्म रहन्छ । यो पन्ध्र दिनको विशेष समयमा महत्वपूर्ण यात्रा रहन्छ । यो समयमा तपाइले विशेषत: अराजकतालाई त्यागेर शात्वीक बाटोमा लाग्छन् ।
भनिछ नि :-
हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा
भवानीको भयो पुजा, चल्यो आनन्दको चर्चा
यो समय वर्षात हटेर जताततै खुसियालीको माहोल छुने यो समय दशैँले अझ विशेष बनाइदिन्छ । दशैँ यो विशेष समय अझ नवारात्रको ९ दिन विशेष सिद्दता प्राप्त गर्ने बेला हो । यो ९ दिनको यात्रामा तपाइले केहि न केहि काम गर्नुहोस जसले तपाइको जीवनको नयाँ मोड लिनेछ । धर्म दर्शनका अनुसार तपाईले आजसम्म भोग्नुभएको दु:ख, कष्ट, गरिबी, अनि तनावबाट मुक्ति पाउनुहुनेछ । नवरात्रीभर गर्नुहोस् यी ९ काम :-
१. कुनै शुभसाइत पारेर पिपलको ११ वटा पता अर्थात पात टिपेर ल्याउनुहोस् र त्यसलाई गंगाको पानीले पखालेर सिन्दुरले राम लेखि माला बनाएर त्यो मालालाई हनुमानको मन्दिरमा लगि अर्पण गर्नुहोस् । यसो गर्नुभयो भने तपाइको दुख कष्ट हटेर जाने बताइछ ।
२. माता दुर्गाको आराधाना, प्रार्थना, उपासना गर्दा रातो चकटी बस्नुहोस् । ९ दिनसम्म रातो चटटी बसेर पुजा आराधना गर्नुहोस् ।
३. सुन वा चाँदीको सिक्का किन्नु भयो भने त्यसलाई दुर्गाको आराधाना, उपासना गर्ने ठाउँमा राख्नुहोस् र नौ दिन पछि तपाइको पर्समा राख्नुहोस् अथवा पैसा राख्ने ठाउँमा राखुहोस् । सिक्का किन्दा गणेश माता वा लक्ष्मीको तस्वीर भएको किन्दा अझ उत्तम हुन्छ । यसो गर्दा गरिबी हट्दै जान्छ ।
४. प्रत्येक दिन माता अर्थात् नव दुर्गालाई मह र अत्तर चढाउने गर्नुहोस् । यो ९ दिनसम्म मह र अत्तर अर्थात् सुगन्धित चढाउदा यसबाट पनि तपाइलाई विशेष लाभ मिल्नेछ ।
५. यो समयमा दुर्गाको मात्र नभई भैरव र हनुमानको पनि पुजा गर्नुहोस् ।
६. हनुमान र महादेवको पनि पुजा गर्नुहोस् ।
७. श्रद्दा र सामर्थ्यका साथ दान गर्नुहोस् ।
८. यो दुर्गाको समय भएको हुँदा ९ जना गरिब दु:खि स्त्रीको सेवा गर्नुहोस् ।
९. ९ स्त्रीलाई दान गर्नुहोस् । यसो गर्दा पनि तपाइको जिवनमा दुख कष्ट हटेर जाने बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया