‘च च हुई’ को गीतमा आर्यन र अलिसाको रोमान्स् (भिडियो सहित)

काठमाण्डौं । मंसिरको ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘च च हुई’ को दोश्रो गीत ‘जवानी’ सार्वजनिक भएको छ । चलचित्रमा समावेश आइटम गीतलाई दशैंको अवसर पारेर निर्माणपक्षले सार्वजनिक गरेको हो ।

सार्वजनिक आइटम गीतमा नायक आर्यन सिग्देल र मोडल एलिशा शर्मालाई देख्न सकिन्छ । शिशिर खातीको कोरियोग्राफीमा तयार भएको भिडियोमा आर्यन र एलिशाको ग्ल्यामर अवतारलाई समेटिएको छ । गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द छ भने रोशन थापाको संगीत छ ।

रोशन र सुमन गुरुङको गीतमा स्वर छ । चलचित्रमा सम्पादन र निर्देशन साम्तेन भुटियाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?