काठमाडौँ – नेपाली साझेदार कम्पनी यति वर्ल्ड इन्भेष्टमेन्टसँगको संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलाइन्सबाट ल्हासाको तिब्बत एयरलाइन्सले आफ्नो शेयर झिकेको छ ।
हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् ।
उनका अनुसार, तिब्बत एयरलाइन्सले बिक्री गरेको शेयर तिब्बत सिभिएल एभिएसन डेभलभमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले खरिद गरेको हो । कम्पनीमा नेपाली साझेदारतर्फका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार, शेयर खरिद गर्ने तिब्बत सिभिएल एभिएसन डेभलभमेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड पूर्ण सरकारी स्वामित्वको कम्पनी हो । यसअघिको तिब्बत एयरलाइन्स भने अर्धसरकारी लगानीकर्ता कम्पनी थियो ।
‘शेयर किनबेचको सबै काम सकिसकेको छ,’ हिमालयसँग आबद्ध एक वरिष्ठ अधिकारीले भने, ‘केही थोरै कागजात मिलाउन र घोषणा गर्न मात्रै बाँकी छ ।’ उनका अनुसार, शेयर किनबेचको सबै काम नेपालको कानुन अनुसार, काठमाडौंमै भएको हो । ३ अर्ब रुपैयाँमा स्थापना भएको हिमालय एयरलाइन्समा भएको लगानीकर्ताको हेरफेरसँगै अब चिनियाँ लगानीकर्ता हाबी भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया