२२ जेष्ठ २०८०, सोमवार

रक्तदान पुण्य आर्जनको गतिलो आधार

२०७४,भाद्र,२८,बुधबार ०४:१०

9
Shares

काठमाडौं, २८ भदौ ।नेपाल रेडक्रस सोसाइटी काठमाडौंका अध्यक्ष मथुराराम श्रेष्ठले रक्तदान नै पुन्य आर्जनको गतिलो आधार भएकाले रक्तदान गर्न सबैलाई आग्रह गरेका छन । शंकरदेव क्याम्पस रेडक्रस युथ सर्कलले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै श्रेष्ठले धर्मका नाममा मठ मन्दिर धाउनुभन्दा रगत दान गरेर जीवन मरणसँग लडिरहेको विरामीलाई बचाउनु ठूलो धर्म हुने बताए ।कार्यक्रममा प्राध्यापक डाक्टर शिलु बज्राचार्यले समाज कल्याणको काममा राजनीति नगर्न आग्रह गर्दै सेवामुलक काममा लाग्न विद्यार्थीहरुलाई सुझाइन ।  स्ववियु सभापति शुभराम बस्नेतले सेवामुलक काम गरेर शंकरदेव क्याम्पसले छवि उच्च राखेको बताए । उनले सेवा गर्ने नाममा समुहगत राजनीति गरेर व्यक्तिगत स्वार्थ पुर्ति गर्न चाहनेहरुलाई सजग रहन आग्रह गरे ।शंकरदेव क्याम्पस रेडक्रस युथ सर्कलका अध्यक्ष निस्कल राईले धर्मका नाममा धेरै मठ मन्दिर धाउनु भन्दा पनि मृत्युको मुखमा पुगेको विरामीलाई रगत दिएर बचाउनु ठूलो धर्म हुने औंल्याए ।रक्तदान कार्यक्रममा १ सय २५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख कृष्ण प्रसाद आचार्य, युथ रेडक्रस सर्कलका पूर्व अध्यक्ष मौसम राई, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधीहरु सहभागी थिए । 

प्रकाशित मिति: २०७४,भाद्र,२८,बुधबार ०४:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१